यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना,हेर्नुहोस तस्बिर।(फोटो फिचर)

फोटो फिचर

काठमाडौं – बलिउड अभिनेता गोविन्दा र नेपाली मुलकी सुनिताकी छोरी टिना आहुजा सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

गोविन्दा नेपालका ज्वाइँ हुन् । नब्बेको दशकका चर्चित यी अभिनेता विभिन्न कार्यक्रमका सिलसिलामा नेपाल आएका छन् । टिना पनि नेपाल आएकी छिन् ।

नेपालमा हुने विभिन्न कार्यक्रमको अतिथि भएर आउँदा गोविन्दालाई आयोजकले नेपालका ज्वाइँ भनेर सम्बोधन गर्ने गर्दछन् ।

९० को दशक गोविन्द बलिउडका चर्चित कलाकार थिए । कुल्ली नं १,राजा बाबु,आन्दोलन,पाटर्नर जस्ता हिट फिल्म खेलेका गोविन्दा बलिउडमा चम्केका छन् । तर,उनकी छोरी टिना भने खासै जम्न सकिनन् ।

गतवर्षको भदौ महिनामा अवार्ड समारोहका लागि टिना नेपाल आएकी थिइन् । उनी नेपाल आउँदा नेपालकी भान्जी भन्दै आयोजकले परिचित गराएका थिए ।

टिनाले सन् २०१५ मा‘सेकेण्ड ह्याण्ड हजबेन्ड’मार्फत फिल्ममा डेब्यु गरिन् । तर,उनको डेब्यु धमाकेदार हुन सकेन ।

अन्य सेलिब्रेटी किड्स रातारात चम्किरहँदा टीनाको डेब्यु फितलो देखियो । टीनाको सुन्दरताको भने निकै नै तारिफ हुने गरेको छ ।

हेर्नुहोस् टिनाका तस्वीर:



Leave a Reply

Your email address will not be published. Required fields are marked *