केन्द्रीय कारागारका चारजना कैदीको मृत्यु भएपछि तनाव

समाचार

काठमाडौं । देशको केन्द्रीय कारागारका चारजना कैदीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । चारमध्ये एकजनाको मेगा अस्पतालमा मृत्यु भएको हो भने तीनजनाको वीर अस्पतालमा ज्यान गएको जनाइएको छ । केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मेगा अस्पतालमा सोमबार राति ज्यान गुमाएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको छ ।

वीर अस्पतालमा मंगलबार मृत्यु भएका तीनजना कैदीको स्वाब संकलन गरिए पनि कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । चारैजना विभिन्‍न रोगका कारण बिरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

मेगा अस्पतालमा ज्यान गुमाएका कैदीलाई गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । ती कैदीको यही भदौ १० गते स्वाब संकलन गरिएको थियो । चार दिनपछि आएको रिपोर्टमा उनी कोरोना संक्रमित पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *