प्रहरीको कारण उजाडिएको एउटा परिवार

समाज

रौतहटको मध्य बजार गरुडा नगरपालिका–८ जिगंडिया टोलका पनिलाल राम र उनको सालो नन्दलालको घरबीचको दूरी २० मिटर पनि छैन । पनिलालका छोरा विजय र नन्दलालका छोरा निरञ्जन दाजुभाइजस्तै थिए । दुबैको दोस्ती जमेको थियो । तर ३२ गते विहान ह’त्या गरिएको अवस्थामा निरञ्जनको श’व भेटियो । परिवारका सदस्यहरुले बताएअनुसार उनी राजाराम साहको ‘सच नर्सरी’मा काम गर्थे ।

३१ गते साहको घरमा वर्थ डे पार्टीमा सहभागी हुन गएका थिए । तर गाउँभन्दा ३०० मिटर पर घाँटी रे’टेर ह’त्या गरेको पाइएको प्रहरीले बताएको छ ।

ह’त्यामा संलग्न भएको आ’रोपमा प्रहरीले २ भदौमा शेख आजादलाई प’क्राउ गर्‍यो । आफ्नी बहिनीसँग सम्बन्ध भएका कारण निरञ्जनको ह’त्या गरेको स्वीकार पनि उनले गरेका छन् ।

तर प्रहरीले एकाएक विजयलाई पनि प’क्राउ गर्‍यो । ‘निरञ्जनको ह’त्या भएपछि हामी त शो’कमै थियौं । घ’टना भएको ४ दिनपछि राति घरभरि प्रहरी आए । हामीले केही सोध्न नपाउँदै विजयलाई घि’सार्दै लगे’ पनिलाल भन्छन् ।

एकातिर सालोको छोराको ह’त्या हुनु, अर्कातिर आफ्नै छोरा ह’त्यामा प’क्राउ पर्नु, पनिलालले केही बुझ्न सकेनन् ।

पनिलालको जेठो छोरा विश्वजितको मृ’त्यु भएको एक वर्ष पनि पुगेको छैन । वैदेशिक रोजगारीबाट फर्किएका उनको १४ फागुन २०७६ मा मृ’त्यु भएको थियो । पनिलाल भन्छन्, ‘जेठो छोरा गु’माएको वर्ष दिन नहुँदै प्रहरीको कारण कान्छो छोरा पनि गुमाएँ ।’

एकाएक विजयको मृ’त्यु भएको खबर उनीसम्म पुग्यो । पनिलाल गहभरि आँसु पार्दै भन्छन्, घरबाट लिएर जाँदा मेरो छोरा सद्धे थियो । तीन दिनमै दुवै किड्नी एकैचोटी बि’ग्रेर मान्छे म’र्‍यो भन्दा हामी दलितले पत्याइदिनु पर्ने बेला आयो ।’

हि’रासतमै हुँदा स्वास्थ्यमा स’मस्या आएपछि ७ भदौमा नेशनल मेडिकल कलेज, वीरगञ्ज लगिएको र उपचारका क्रममा १० गते उनको मृ’त्यु भएको प्रहरीले बताएको छ ।

पुत्रशो’कमा रहेका पनिलालले आफ्नो निष्कर्ष सुनाए, ‘नर्सरीवालाले दिएको पैसामा प्रहरीले बिक्यो ।’

स्थानीयबासी पनि निरञ्जनको ह’त्या आ’रोपमा विजयलाई प’क्राउ गर्नु र त्यसको केही दिनमा उनको मृ’त्यु हुनुलाई शं’काको नजरले हेर्छन् । उनीहरुको दा’बी छ, ‘ह’त्याको अ’भियोग कबुल गराउन प्रहरीले नि’र्घात कु’टपि’ट गर्‍यो, त्यही कारण मृ’त्यु भयो ।’निरञ्जनका बुबा नन्दलाल पनि प्रहरी पैसामा बिकेको र निर्दोष विजयलाई फ’साउन खोजेको बताउँछन् ।

मृ’त्युअघि विजयले पनि त्यही भनेका छन् । अस्पतालको शय्यामा रहेका बेला कै’द गरिएको भिडियोमा उनले अ’पराध स्वीकार गर्न प्रहरीले यातना दिएको बताएका हुन् । पाइप तथा लठीले हान्नुका साथै दुवै हातमा क’रेन्ट लगाएको उनले बताएका छन् । प’क्राउ गरेको दुई दिनसम्म डीएसपी र सादा पोशाकका प्रहरीहरुले लगातार कु’टपी’ट गरेको भन्दै उनले भनेका छन्, ‘प्रहरीले ह’त्या आ’रोप स्वीकार गर, नभए तेरो ला’स मात्रै बाहिर निस्किन्छ भन्दै बेस्सरी कु’टपि’ट गर्‍यो ।’

त्यही भिडियो सार्वजनिक भएपछि स्थानीय आ’न्दोलनमा उ’त्रिए, प्रहरीले इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानेन्द्रकुमार महतोलाई प्रदेश १ प्रहरी कार्यालयमा तानेको छ भने तीन प्रहरीलाई निलम्बन गरेर अनुसन्धान थालेको छ ।

तर विजयको मृ’त्युसँग पनिलालको घरको दियो निभेको छ । ४६ वर्षीय पनिलालका जेठो छोरा विश्वजितको मृ’त्यु भएको एक वर्ष पनि पुगेको छैन । वैदेशिक रोजगारीबाट फर्किएका उनको १४ फागुन २०७६ मा मृ’त्यु भएको थियो ।

पनिलाल भन्छन्, ‘जेठो छोरा गु’माएको वर्ष दिन नहुँदै प्रहरीको कारण कान्छो छोरा पनि गु’माएँ ।’ विजयको मृ’त्युसँगै परिवार शो’कमा छ । काखमा वर्ष दिन नपुगेकी छोरी बोकेकी विजयकी पत्नी निलमदेवी केही बोल्न सक्ने अवस्था छैनन् । दाजुको मृ’त्यु भएपछि भाउजु सुनीतादेवी र तीन छोरालाई विजयले आफूसँगै राखेका थिए । अब उनीहरु पनि साहाराविहीन भएका छन् ।

६ वर्षमुनिका चार बालबालिका रहेको यो परिवारको आफ्नो जग्गा जमिन छैन, आम्दानीको स्रोत छैन ।

विजयकी आमा किसुनवती देवीले केही दिनयता मुखमा केही हालेकी छैन । उनी दुई बुहारी र नातीनातिनालाई हेर्दै टोलाइरहन्छिन् । उनले अनलाइनखबरसँग यत्ति भनिन्, ‘न्याय दिनुपर्ने प्रहरीले हामीमाथि घोर अन्याय गर्‍यो। हाम्रो संसारै उजाड बनाइदियो । मेरो छोरालाई कु’टेर मार्नेहरुले कहिल्यै शान्ति पाउने छैनन् ।प्रतिकनेपाल बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *