एसिड पीडित मुस्कानले प्रधानमन्त्री ओलीलाई भेटिन्, आफूलाई तेजाब छ्याप्ने अभियुक्तहरूलाई प्रहरीले छाडिदिएको भन्दै गुनासो गरिन।

समाचार

काठमाडौं, १६ भदौ । एसिड पीडित किशोरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार बालुवाटार पुगेरै एसिड आक्रमणमा परेकी खातुनले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

मुस्कानले आफूलाई तेजाब छ्याप्ने अभियुक्तहरूलाई प्रहरीले छाडिदिएको भन्दै गुनासो गरेकी बताइएको छ । प्रधानमन्त्री ओलीले त्यसबारे बुझ्ने जवाफ दिनुभएको जनाइएको छ । साथै, तेजाब ओसारपसार र बिक्रीमा कडाई गर्ने आश्वासन पनि दिनुभएको जनाइएको छ ।

नेपालका तेजाब पीडितहरूसँग भेटेर छलफल गर्ने र पीडितहरुको सुझावका आधारमा विद्यमान कानून हेरफेर गर्ने समेत आश्वासन दिनुभएको बताइएको छ । २०७६ भदौ २० गते स्कुल जाँने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *