दुखद पनि खुसिको पनि खबर: आज एकै दिन १११२ जना संक्रमीत कोरोना जितेर घर फर्किए भने १२ जाना को मृत्यु भएकोे छ।

कोरोना अप्डेट

काठमाडौं । नेपालमा आज १ हजार १ सय १२ जना्ले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २ सय ९० निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार निको भएकाहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।

त्यस्तै,आज एकै दिन कोरोना संक्रमण बाट १२ जनाको मृ’त्यु भएकोे छ। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या”न गु’मा’उनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ६ जना महिला र ६ जना पुरुषको कोरोनाले मृ’त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *