राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्छ,गाईगोरु खान पाउनुपर्छ र दलितलाई न्याय दिनुपर्छ- शर्मिला वाग्चण्ड

समाचार

१६ भदौं–काठमाण्डौं । संघीय लोकतान्त्रिक राष्ट्रिय दलित सल्पि मञ्च सम्बन्ध महासचिव शर्मिला वाग्चण्डले सबै समुदायको अपनोत्व समेतिने किसिमको झण्डा परिवर्तन गर्नुपर्ने बताइएकी छन् ।

साथै बाहुनबादी हिन्दुराज्य हावी भएको भन्दै गाईगोरु खान पाउने माग समेत गरेकी हुन् । बाहुनबादी शासनले दलित दिनानुदिन मारिनु पर्ने र हक अधिकारबाट समेत बञ्चित हुनु पर्ने बताउदै सबै जनजाती,थारु,मुस्लिम लगायतका दलितहरु एक जुट भएर बलियो आवाज उठाउनुपर्ने बताइन् ।

अहिलेको झण्डाले शाहबंशीय हिन्दु धर्मलाई मात्र समेतिएको र सबै जात,धर्म,भाषा कलासंस्कृति एवम् समुदायलाई नसमेतिएकाले यथाशीक्र यो झण्डा परिवर्तन गर्नुपर्ने उहाको भनाई थियो । अहिले गायक ग्याल्जेन तामाङले झण्डा जलाएर ठीक गरेको भन्दै अब उनलाई बीना शर्त रिहा गर्नुपर्ने माग समेत गरेकी छन् ।

सबै पहिचानबादीहरुले गाईगोरु खानु आफ्नो धर्म सरह रहेको भन्दै यसलाई बिरोध गर्न नमिल्ने बताइन् । हिन्दुहरुले खशीबोकालाई मन्दिरमा बली दिए जस्तै अन्य धर्मावलम्बीहरुले पनि आफ्नो कुल संस्कार पुच्दा गाईगोरु चाहिने बताइन् ।अहिले ब्राहमण जातीको छुवाछुट प्रथाले धेरै दलितहरु मरिरहेको बताउदै तत्काल यो जातीय प्रथा पनि अन्त गर्नुपर्ने बताइन् ।

दलितको कोटामा बजेट छुटयाए पनि सबै डाँडु पन्यो अर्थात रिमोड भने बाहुनहरु आफैले राखेको आरोप लगाइन् । रुकुम घटनामा दलितहरु मर्दा जनार्दन शर्माले जानी जानी झुट बोलेको बताउदै उनी देशका भरौतेहरुको नोकर भएको आरोप पनि लगाइन् ।

आफ्नो पार्टीको माग पनि मुख्य रुपमा गाईगोरु खान पाउनुपर्छ,राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्छ र दलितलाई न्याय दिनुपर्छ भन्ने नै रहेको खुलासा गरिन् । यदि यो सबै माग पुरा नभएमा आफ्नो पार्टी शसक्त ढंगले सडकमा जाने समेत उनले बताइन्
Source-gonepaltv.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *