दु:खद खबर :एकैपटकमा ४ शिशु जन्माएर धर्ति टेकायर सन्सार छोडिन।।

समाचार

१७ भदौ,जनकपुरधाम । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृ:त्यु भएको छ ।
जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर श:ल्य:क्रि:यामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा सम:स्या देखिएको खातुनलाई आ:ईसी:यूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृत:यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ ।
छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

महिलाको मृ:त्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *