चीनले सुरु गर्यो भारतमाथी ह’म’ला, एक भारतीय सैनिकका मेजरको मृत्यु

अन्तर्राष्ट्रिय

काठमाडौ । चीनले भारततर्फ ह’म’ला सुरु गरेको खबर आएको छ । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो घ’म्साघ’म्सीमा भारतको विशेष सृुरक्षा बलका एक बरिष्ठ सैनिकको मृत्यु भएको खबर बाहिर आएको हो । द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको ह’म’लामा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई आ’मन्नेसा’मा’न्ने भएका थिए ।

पछिल्लो समय चीन र भारतीय सीमामा त’नाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको त्यो असहज परिस्थितीमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई घटना भएका हुन् । यो घटना हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

वै पक्षले आधिकारिक रुपमा यो घटनामा भएको क्षतिको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो घटनाको क्रममा मृत्यु भएको बताएकी छन् । पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

अमेरिकासँग व्यपार सम्झौता गर्दै भारत

संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ । भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताएको छन् ।

अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भने,“व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”

मन्त्री गोयलले अगाडि भने,“मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौं ।”

उनले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताए । मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *