भारतमा ३५ जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित।

स्वास्थ

नयाँ दिल्ली- भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का ११७ जना संक्रमित थपिएका छन् ।योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको जास मध्य ३५ जान स्वास्थकर्मि रयको बुधबार त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन्।

नयाँ दिल्ली- भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का ११७ जना संक्रमित थपिएका छन् ।योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको स्वास्थ्य विभागले जनाएको छ । महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन्।

बुधबारसम्मको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ११ हजार ४३९ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर हालसम्म यस रोगको संक्रमणबाट ३७७ जनाको मृत्यु भएको छ ।यहाँका १ हजार ३०६ जना उपचारपछि घर फर्किएका छन् । तमिलनाडु, राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *