मुगुका २ गरिबको हात र खुट्टाको नि:शुल्क अप्रेशन गरिदिए डा. गोविन्द केसीले, सम्मान स्वरुप सेयर गराैँ

समाचार

कोरोना कहरका बिच दुखी,गरिब र असहायहरुलाई सहयोग गर्न मुगु गएका डाक्टर गोविन्द केसीले शनिबार एक जनाको हातको शल्यक्रिया गरेका छन् । डा.केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० वर्षीया रेश्मा भामको निशुल्क शल्यक्रिया गरेका हेन् ।

करिब ३ वर्ष अघि गाउँमा गाई बाख्रा चराउन गएका बेला लडेर भाँचिएको हात गरिबीका कारण उपचार हुन नसकेको परिवारले जनाएको छ । आर्थिक अभावले हातको अप्रेसन गर्न नसक्दा जोखिम अवस्थामै हिँडडुल गर्न बाध्य रेश्माकी आमाले डा गोबिन्द केसी मेरी छोरीको लागि भगवान्को रुपमा आइदिनुभयो ।।

त्यसै गरि नगरपालिका – ७ बालै गाउँका १७ वर्षीय गगन भामको देब्रे खुट्टाको पनि डाक्टर केसीले निशुल्क रुपमा शल्यक्रया गरिदिएका छन् । जुम्लाबाट २ दिन पैदलै मुगु आएका डाक्टर केसीले बिहीबार ४७ जना र शुक्रबार ३७ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसहित दुई जनाको शल्यक्रिया गरेसँगै उनलाई मुगु र जुम्लाका सर्वसाधारणले मान्छेको रुपमा भगवान्को अवतार भनेका छन् ।

डाक्टर केसीले एक वर्षअघि लडेर उनको खट्टाको पिडौला नजिकको हड्डी भाँचिदा घाउ भएको भित्री भागमा पिप जमेर पाकेको गगनको समस्या पनि चट पारिदिएका छन् ।। यो समाचार ज्खबरमा छापिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *