आ`क्र`म`णमा परेका प्रहरी जवान भन्छन्- ‘स्थानीयको सहयोग र हेलमेटले जोगायो’

समाचार

काठमाडौँ — बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा एकजना ट्राफिक प्रहरी जवानलाई आक्रोशित भिडले आ`क्र`मण गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । आ`क्र`मणमा पर्ने जवान कमलप्रसाद घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए ।

जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै उनी ड्युटीमा खटिएका थिए ।’असई साब र म डाइभर्सनको ड्युटीमा थियौं । उता रथ तान्ने काम भइरहेको थियो । झ`डप भएर अ`श्रु ग्यास र पानीका फोहोरा हानेपछि भीड हामीतिर आयो । इन्चार्ज सर र मैले यहाँ बस्नु हुँदैन भागौं भन्ने सल्लाह गर्‍यौं । मैले आज ड्युटीका लागि बाइक लगेको थिएँ । बाइक चढेर भाग्न खोज्दै थिएँ भीडले आएर समाइहाल्यो,’ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका घिमिरेले भने ।

आ`क्रोशित भीडले लगातार लात्ती मु`क्का हाने पनि केही स्थानीय युवाले आफूलाई जोगाएको उनले बताए ।’आक्रोशितहरुले हाने पनि केही स्थानीयले मलाई जोगाउनु भयो । मैले बाइक चलाउनका लागि लगाएको हेलमेट पनि जोगायो,’उनले भने ।

अस्पतालमा उनको ढाड र गर्दनको एक्स-रे गरियो भने टाउकोको स्क्यान ।’सामान्य चोट देखिएको छ । तर वोमिट हुनसक्ने संभावना रहेकाले डाक्टरहरुले आज अब्जरभेसनमा बस्नुपर्छु भन्नु भएको छ,’ उनले भने । उनी गत मंसिरदेखि मंगलबजारको ड्युटीमा छन् । उपत्यका ट्राफिक महाशाखाका एसएसपी भीम ढकाल लगायतले उनलाई अस्पतालमा भेट गरेका छन् । ड्युटीमा उनले प्रयोग गरेको ७२४२ नम्बरको सरकारी मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

कोरोनाको महामारीका बेला ड्युटीमा रहेका प्रहरीमाथि गरिएको आ`क्र`म`णको निन्दा भइरहेका बेला उनी भने कु`ट`पि`ट गर्नेहरुलाई केही भन्न चाहँदैनन् ।’नगर्नु पर्ने थियो गर्नुभयो,मैले के भन्ने ?’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *