मानिसलाई चाँडै धनी र दानी बनाउने भगवान् गौतम बुद्धको यो महत्वपूर्ण एउटा उपदेश

समाचार

काठमाडौँ । हरेक मानिसलाई धनी बन्ने इच्छा हुन्छ । तर,यो इच्छा सबैको पूरा हुँदैन । यसका लागि आवश्यक कर्म गर्नुपर्छ । कर्म गरेर मात्रै हुँदैन उपयुक्त समय सही निर्णय र तदनुरुपको काम गर्नुपर्छ । धेरै पैसा कमाउने र सुखसयल जीवन बिताउने हरेक मानिसको इच्छा हुन्छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । तर,यो विचारप्रति भगवना गौतम बुद्धको भने फरक धारणा रहेको छ । एक ब्यक्तिले‘म कसरी गरीब भएँ रु’भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले सबै मानिस धनी रहेको र आफूलाई गरीब ठान्ने मानिसहरु तुरुन्तै बन्न सकिने देखाउँछ ।

एक किसानले आफू गरीब हुनुको कारण सोधेपछि बुद्धले जवाफ दिँदै भनेका थिए,‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ,त्यसैले तिमी गरीब भएका हौँ ।’प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए,‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *