जेठाजुले गरे बुहारीको ह#त्या, नाबालक छोराले फेसबुकमा बाबु समेतलाई जोडेर लेखे प्रतिक्रिया ।

समाचार

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित अधिकारी थोक माथिल्लो गाउँमा बिहान ६ः३० बजेको समयमा जेठाजुले बुहारीको ह त्या गरेका छन् । जेठाजु सुदर्शन अधिकारीले स्थानीय स्वास्थ्यचौकीका सहयोगी कर्मचारी समेत रहेकी बुहारी रञ्जना तिमल्सिना अधिकारीको टा उ कोमा ब ञ्च रो प्र हा र ग री ह त्या गरिएको हो ।

घरमा मृतक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा बिष्णु प्रसाद अधिकारी,सासु चित्र कुमारी अधिकारी बस्दै आएका थिए । राती सामान्य घर झ ग डा भएको र बिहान ह त्या गरिएको अवस्थामा भेटिएको एक स्थानीयले जानकारी दिएका छन् ।

यस घटनाको ह त्या आरोपित जेठाजु सुदर्शन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार बिक्रम थापाले बताएका छन् । नाबालक छोराले बाबु र ठुलाबाबु प्रति नै किटान गर्दै फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *