विदेशवाट ५ वर्षमा आएका श्रीमानले अर्कैको श्रीमती लिएर हिँडे, दुई परिवारको बिचल्ली (भिडियो हेर्नुस्)

समाज

काठमाडौ । वुटवल नजिक तिलोत्तमा नगरपालिका ११ सैनिक टोलमा अनौठो घटना भएको छ । विदेशमा रहेका एक जनाले आफ्नो श्रीमतीलाई थाहा नदिई नेपाल आएर अर्कैको श्रीमती लिएर हिडेका छन् । दुवै जनाका छोराछोरी छन् । कृष्ण रानाको श्रीमती, सावित्रा खड्काको श्रीमान आफ्नो परिवार छोडेर हिडेका हुन् ।

श्रीमान र श्रीमतीले धो’का दिएपछि यिनीहरु मिडियामा आएका छन् । कृष्ण रानाले घरमा वहुमुल्य सामान सबै लिएर श्रीमती हिडेको बताएका छन् । सावित्राले आफ्नो श्रीमानले तिम्रो श्रीमती लिएर गयो भनेर जानकारी दिएपछि मात्र आफुले थाहा पाएको कृष्णले बताएका छन् । आफ्ना श्रीमान र श्रीमती फेला नपरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए अहिले सम्म उनीहरु फेला परेका छैनन् ।

सावित्रीले आफ्ना श्रीमान विदेशवाट आउँदा पनि आफुलाई कुनै जानकारी नदिएको बताइन् । विदेश गएको ५ वर्ष पछि घर आएका उनी साथीले बोलाएको भनेर भेट्न गएका थिए । तर उनी कृष्णको श्रीमतीलाई नै भेट्न आएको होला भन्ने आफुले शंका नगरेको बताइन् । साथी भेट्न भनेर गएका श्रीमानको मोवाइलमा लोकेशन वुटवल देखाएपछि सावित्रा पनि खोज्न गएकी थिइन् । श्रीमानले अर्काको श्रीमती लिएर आफ्नो दिदीको घरमा लगेर राखेको अवस्थामा भेटाएको उनले बताएकी छन् ।

विदेश जाँदा लागेको ऋण समेत नतिरेका श्रीमानले दुई छोरालाई पनि नहेरेको बताएकी छन् । पढ्ने उमेरका मेरा छोरा अहिले लेवर काम गरेर हिडेका छन् । उनी अहिले बिरामी छन् । घरमा सासु ससुराले पनि हे’ला गरेको बताएकी छन् । छोराले सासु ससुरालाई पैसा पठाउने गरेको आफुले थाहा पाएको बताइन् । सासुलाई आफ्ना छोराले अर्काको श्रीमती लिएर हिड्न लागेको भन्ने कुरा थाहा भएर पनि सहयोग गरेको बताएकी छन् । सबैजना मिलेर उनको श्रीमती भ’गाउन सहयोग गरेका हुन्, सावित्रीले भनिन् ।

यता कृष्णको घरवाट महिलाले ५ तोला सुन र किस्ताको पैसा र जग्गा बेचेको पैसा पनि लिएर हिडेको उनले बताएका छन् । आफु साउदी गएर कमाएको पैसा पनि लिएर गएको बताएका छन । विदेशवाट घर आउँदा श्रीमती प्रेम नाम गरेको पुरुषसंग भिडियो कलमा बोलेको देखेपछि को हो भनेर प्रश्न गर्दा उल्टै विवाद गरेको कृष्णले बताए । त्यसरी विवाद भएको १० दिन पछि उनी सामान र पैसा लिएर हिडेको बताएका छन् । उनीहरुको छोरा ८ वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *