काठमाडौको धरहरा पुनर्निर्माण क्षेत्रको भवन अचानक ढल्दा एक जाना घा^इते ।

समाचार

काठमाडौं । धरहरा पुनर्निर्माण क्षेत्रमा भत्काउँदै गरेको भवन अचानक ढल्दा एक जना घाइते भएका छन् । पुनर्निमार्ण हुँदै गरेको धरहरा नजिकै रहेको काठमाडौं मलको भत्काइँदै गरेको एक भाग अचानक खस्दा एक जना एक्स्काभेटर चालक घाइते भएका हुन् ।

ती व्यक्तिलाई जीवितै उद्धार गरिएको घटनास्थलमा रहेका स्थानीय आयुष खड्काले जानकारी दिनुभयो । घाइते चालकलाई प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल लगिएको छ । घाइतेको पहिचान खुलेको छैन । बृहत धरहरा पुनर्निर्माणको क्रममा काठमाडौं मलको उक्त भागसमेत सो योजनामा परेपछि त्यसलाई भत्काउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *