साबधान ! ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश !

समाचार

काठमाडौं–आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा क`र्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उ`लं`घन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झ`ड`प भएपछि शुक्रबार राति १० बजेसम्मका लागि क`र्फ्यु जारी गरिएको हो ।

ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि क`र्फ्यूको आदेश जारी भएको जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन,जु`लु`श गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गो`ली`समेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।आज पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले क`र्फ्यू आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *