छुरा प्रहार गरी श्रीमतीको हत्या गरे श्रीमानले !

समाचार

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता, धादिङको निलकण्ठ नगरपालिका–१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *