बुवाको मृ’त्यु, आमा बे’पत्ता भएपछि तीन बालकको बि’चल्ली

समाज

काठमाडौं : डोटी साउन २४ गते । लामो समयसम्म बि’रामी रहेका बुवाको मृ’त्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँ पालिका–६ नारा गाउँका तीनजना बालकको बि’चल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मु’त्यु भएको हो । बुवाको मृ’त्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको हो ।

स्थानीय विद्यालयमा शिक्षकसमेत रहनुभएका दीपकबहादुर खातीका अनुसार दम र क्षयरो’गले पी’डित बाजी खातीको मृ’त्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण छोराहरू अ’लपत्र भएका छन् । उहाँले भन्नुभयो ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको वि’चल्ली भएको छ ।’

श्रीमानकाे मृ’त्यु भएको केही महिनामा नै भारत को उडिसा माइती भएकी गोमा खातीसमेत नाबालक छोराहरु छोडेर सम्पर्क विहीन हुनुभयो । नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदाँ बालबालिकाहरूलाई दैनिक छाक टार्नसमेत स’मस्या हुने गरेको छ ।

आफ्नो साथै भा’इहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई स’मस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नु परेको छ । छिमेकीले दिएको खानेकुरा खाएर पेट पालि रहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन ।

स्थानीय डबल साउदले भन्नुभयो,‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोरा छोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गा’ह्राे भएको छ ।’स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् । गोरखापत्र दैनिकमा डिलबहादुर सिंहले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *