को’रोना नि’यन्त्रण गर्न गाउँ गाउँमा ज’डिबुटीको प्रयोग ह्वा’त्तै बढ्यो

स्वास्थ

महोत्तरी, १९ भदौ – कोभिड–१९ म’हामारी नियन्त्रण गर्न महोत्तरीका गाउँ÷नगर बस्तीमा जडिबुटीको प्रयोग ह्वात्तै बढेको छ । विशेषगरी सामाजिक सञ्जालमा कोभिड–१९ विरुद्ध रो’ग प्रतिरोधी क्षमता बढाउन बेसार,अदुवा,गुर्जो,तुलसी,सिन्कौली र पारिजातजस्ता वनस्पतीय ज’डिबुटी निकै प्रभावकारी हुने सन्देश बाक्लै देखिन थालेपछि पछिल्लो समय यहाँ त्यस्ता जडिबुटीको प्रयोग ह्वात्तै बढेको हो ।

यसबाहेक को’रोना स’ङ्क्रमण पुष्टि भएर दुई साता होम आइसोलेशनको बसाइपछि निको भएर बाहिर आएकाहरुले पनि आफूहरु यिनै वनस्पतिको प्रयोगले को’रोना स’ङ्क्र’मणलाई परास्त गर्न सफल भको बताएपछि यी जडिबुटीको महत्व झनै चुलिएको छ ।अहिले नेपाली काँग्रेसका महासमिति सदस्य तथा बर्दिवास नगरपालिका–१४ का बासिन्दा चिरिञ्जीवी हमालको बिहान एक घण्टाको दैनिकी नै घर नजिकको बगैंचामा गुर्जोको लहरा खोज्ने र सङ्कलन गर्नेमा बित्छ ।

तुलसी, सिन्कौली र पारिजातका पात सङ्कलन यसै अवधिमा गर्ने गरेको हमालले बताउनुभयो । “घरै बस्नु त छ, कोभिड–१९ लाई निम्ता दिन लख’रलखर डुल्ने कुरा भएन” उहाँले भन्नुभयो, “बिहान नि’त्यक्रिया सक्ने बितिक्कै पानीमा उमालिएको गुर्जोको रस एक गिलास खाएपछि घरभित्रका अन्य दैनिकीमा लाग्छौ ।”बिहान÷बेलुका गुर्जोको रस एक÷एक गिलास,दिनमा तीन÷चार पटक तुलसी र पारिजातका पात तथा अदुवा र बेसार हालेर पकाएको पानी खाने दैनिकी नै बनिसकेको उहाँको भनाइ छ । गत असारदेखिको आफ्नो यो दैनिकीले उ:च्चरक्तचाप, म’धुमेह र लगातार पेट कराई रहने समस्या हराएको हमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *