ललितपुरकाे झ’डप नि’यन्त्रणमा खटिएका १८ जना प्रहरीलाई कोरोना

कोरोना अप्डेट

काठमाडौं : उपत्यकाकाे पुल्चोकमा मत्स्यन्द्रनाथकाे रथ तान्ने क्रममा भएको झ’डप नि’यन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना देखिएकाे छ ।प्रहरी स्रोतका अनुसार झ’डप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जना सहित देशभर हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ४५४ जना संक्रमित थपिएका हुन् ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४४ हजार २३६ पुगेकाे मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले बताए । बिहिबार मात्रै देशभर १२ सय २८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
source-sadakmedia.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *