जनप्रतिनिधि त यस्ता पो हुनुपर्छ !

समाचार

काठमाडौ । कावासोती नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले आफ्नो वडामा रहेका २ सय जना विपन्न नागरीकको कोरोना विमा गरिदिनु भएको छ । वडा अध्यक्ष पाण्डेले आफ्नै रकममा वडा भित्रका अति विपन्न ,शारीरिक रुपले अशक्त ,दैनिकी ज्यालादारी गर्ने २ सय घर परिवारको एक घरको एक जनाको दरले कोरोना बिमा गरिदिनु भएको हो ।

वडा अध्यक्ष पाण्डेले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत आफ्नो लगानिमा २ सय जना वडा भित्रका नागरीकको कोरोना बिमा गराएको कावासोती वडा न ६ का वडा सचिब महेन्द्र बस्ताकोटीले जानकारी दिनु भयो । कोरोनाका कारणले वन्दावन्दि भए पछि आफ्नो घरमा भाडामा वस्दै आएका व्यक्तिहरुलाई करिव ३ लाख वरावरको घर भाडा छुट दिएर चर्चामा आएका वडा अध्यक्ष पाण्डेले आफ्नै रकमले वडा वासिको कोरोना विमा गराइदिनु भएको हो ।

वडा अध्यक्ष निर्वाचित भइसके पछि कुनै पनि तलव लगाएतका राज्यको सेवा सुविधा नलिने घोषणा गर्नु भएका पाण्डेले वडा भित्रका विपन्न, जेष्ठ नागरीकलाई निशुल्क एम्वुलेन्स सेवा समेत उपलव्ध गराउनु भएको छ । अहिले कोरोना को संक्रमण समुदाय स्तरमा वढदै गएको अवस्थामा हने खाने व्यक्तिहरुले कोरोना विमा गरेर आर्थिक क्षेति कम गर्ने प्रयास गरिरहेको अवस्थमा विपन्न परिवारलाई कोरोनाको असर अझ वढि परेको हुदा एक घरको एक जना मुलि व्यक्तिको कोरोना विमा गरिदिएको कावासोति नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले वताउनु भयो ।

वडा अध्यक्षले निशुल्क आफ्नो कोरोना विमा गरिदिएको प्रति दैनिक ज्यालादारी गरेर खाने गरेको वताउने धनवहादुर विकले खुशि लागेको वताउनु भयो । अहिलेको अवस्थामा निषेधाज्ञा जारी हुदा आम्दानीको स्रोत कुनै नहुदा वडाध्यक्षले वडाबासिको चिन्ता गरेर आफ्नै खर्चमा कोरोना बिमा गरिदिदा आफुहरु अत्यन्तै हर्षित भएको बिकले बताउनु भयो ।

वडाध्यक्ष पाण्डेले आफुले अहिले अति विपन्न तथा अशक्त हरुलाइ छनोट गरि बिमा गरिदिएको र वडामा अन्य कोहि आर्थिक अवस्था कमजोर भएको व्यक्ति भेटिएमा उनिहरुको पनि बिमा गरिदिने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको छ । बिमा गरिएका बिमित हरुमा कोरोना पोजेटिभ देखिए उनिहरुले प्रतिव्यक्ति एक लाख प्राप्त गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *