सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

समाचार

काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, चाँदीको मूल्य भने तोलाको १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।शुक्रबार सुनको मूल्य तोलाको १ सयले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ७२ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ ।त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३८ रुपैयाँ ३७ पैसा रहेको छ भने खरिददर १ सय ३९ रुपैयाँ ८ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५५ रुपैयाँ २ पैसा र खरिददर १ सय ५५ रुपैयाँ ८१ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *