ड्रग्स कारोबार मा पनि संलग्न रिया चक्रवर्ती…..

समाचार

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले अभिनेत्री रिया चक्रवर्तीला सोधपुछका लागि बोलाएको छ । एनसीबी जुन १४ मा मृत अवस्थामा फेला परेका अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमाथि ड्रग्सको पक्षबाट जाँच गरिरहेको छ । एनसीबीले रियालाई भाइ सोविक समातेको २ दिनपछि सोधपुछका लागि बोलाएको एनडीटिभीमा उल्लेख छ । आइबार ११:१५ मा उनी घरबाट एनसीबीको कार्यलय हिँडेकी छन् ।

शनिबार एनसीबीले सोविक र रियालाई सँगै राखेर जाँच गर्ने बताएको थियो । त्यस्तै अनुसन्धानकै क्रममा सोविकले धेरैजनासँग ड्रग्स कारोबारमा गर्दै आएको खुलेको छ । यसअघि शुक्रबार रियाको घरमा छापा मारिएको थियो । त्यसलगतै ड्रग्स कनेक्सन मुद्दामा एनसीबीले सोविक र सुशान्तसिंह राजपुतको घरका म्यानेर सैमुएल मिरान्डालाई पक्राउ गरेको थियो ।
एनसीबीले सोविक र सैमुएललाई सेप्टेम्बर ९ सम्मका लागि हिरासतमा राखिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यी दुईलाई शनिबार अदालतमा पेस गरिएको थियो । एनसीबीका अनुसार सोविक सक्रिय रुपमा ड्रग्स सेवन गर्थे । उनी ड्रग्स सिन्डिकेटमा पनि सक्रिय थिए । सोविकले ठूलो मात्रामा ड्रग्सको खरिद कसरी गरे भन्नेतर्फ एनसीबीको अनुसन्धान सुरु भएको छ । सोविकले ड्रग्स खरिदमा रिया पनि संलग्न रहेको कुरा एनसीबीको अगाडि स्वीकारेका छन् । रियाको ह्वाट्सअप च्याटबाट ड्रग्सको खरिदका लागि कुराकानी बाहिरिएपछि एनसीबीले यस सम्बन्धमा अनुसन्धान सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *