Breaking- देशैभरिका घरबेटीलाई गृह मन्त्रालयले दियो एस्तो आदेश, अटेर गरे हदैसम्मको सजाय हुने चेतावनी !

समाचार

देशैभरिका घरबेटीका लागि गृह मन्त्रालयले जारि गर्यो सूचना, यदि यस्तो गरेको पाइए हदैसम्मको सजाय हुने ! गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दु’र्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दु’र्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो । मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दु’र्व्यवहारगर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो । यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले लेखेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जे’ल हाल्ने चेतावनी दिएका छन् ।

उनले नेपाल टेलिभिजनसंगको अन्तरवार्ताका क्रमाम यस्तो चेतावनी दिएका हुन् । केही दिन अगाडि मात्रै स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई ध’म्की दिए पछि सिडिओको यस्तो भनाई आएको हो । प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र ध’म्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी सं’क्रा’मक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका छन् । आवतजावत रोकेर सं’क्रम’ण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएको भन्दै दाहालले सहयोग गर्न नागरिकलाई अपिल गरेका छन् । त्यस्ता व्याक्तीहरुलाई गल्ती प्रमाणित भएको खण्डमा ६ महिना जे’ल हाल्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *