चीनमा बन्दै गरेको कोरोना विरुद्धको खोपको परीक्षणका लागि यि चार देशले पाए अनुमति

स्वास्थ

काठमाण्डौ- चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको परिक्षणका लागी चार देशले अनुमती पाएका छन् । बिबिसीले जनाए अनुसार सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेको र अरु दुई वटा देशले भने डाटा माग गरिरहेको बताइएको छ । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ ।

पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले अरु देशमा परीक्षण गर्नुपरेको हो । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो ।

सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने बताइएको छ । इजिङ यूनिटले तयार पारेको खोपको परिक्षण पाकिस्तानमा मात्र परीक्षण हुने बताइएको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स,बहराइन,पेरु,मोरक्को,अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *