आज नेपाली बजार मा सुनको मुल्य, हेर्नुहोस कति छ?

समाचार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० कायम रहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३१० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *