सञ्चारमन्त्रीमा फेरि गोकुल बास्कोटालाई ल्याउने प्रम ओलीको प्रयास

समाचार

काठमाडौं २२ भदौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अभियोग लागेका पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटा फेरि पनि सञ्चार मन्त्री बन्ने प्रयास भइरहेको छ । ७० करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सञ्चार मन्त्रीपदबाट राजिनामा दिएका बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: उही पद दिनका लागि अख्तियारको परेको उजुरीलाई चोख्याउने प्रयास भैइरहेको बुझिएको छ । प्रम ओलीले गत हप्ताको मन्त्रीपरिषद्को बैंठकमा तत्काल मन्त्रिमण्डल पुर्नगठन नहुने भन्दै खाली रहेको मन्त्रालयमा मात्र केही नयाँ नियुक्ती गर्ने बताएका थिए ।

उक्त रिक्त रहेको मन्त्रालयमा सञ्चार मन्त्रालय पनि एक हो । जुन बास्कोटाले राजिनामा दिएपछि अर्थमन्त्री युवराज खतिवडाले हेर्दै आएका थिए । खतिवडाको पनि यही भदौ २० गते मन्त्रीपदको कार्यकाल सकिएकाले अहिले उक्त पद खाली रहेको छ । उक्त सञ्चार मन्त्री पदको लागि नेकपा अन्य नेताहरुले पनि दावी गरेका छन् तर प्रम ओली भने बास्कोटालाई नै ल्याउन प्रयास गरिरहेका निकट स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *