मोदी सरकारले नै दियो कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा

समाचार

एजेन्सी । बलिउड नायिका कंगना रनौतले आँफुले असुरक्षित महशुस गरेको भने लगत्तै उनलाई सरकारले सुरक्षा दिएको छ । मोदी सरकारले भिनेत्री कंगना रनौतलाई वाई लेभलको सुरक्षा प्रदान गरेको हो । केन्द्र सरकारको तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्वीटरमा देशका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै रिप्लाई लेखेकी छिन् ।

शिवसेना सांसद संजय राउत र कंगनाबीच चलिरहेको तिक्ततायुक्त बयानबाजीबीच मोदी सरकारले कंगनालाई यो सुरक्षा दिने निर्णय गरेको हो । भारतीय मिडियाका अनुसार कंगनालाई वाई श्रेणी अन्र्तगत ११ जना सुरक्षाकर्मी पाएकी छिन् । जसमा दुई पर्सनल सिक्योरिटी अफिसर्स (पिएसओ) समावेश हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *