जोखिम बन्दै गायको बेलायतमा कोरोना बाट आज फेरि एक नेपाली को मृत्यु ।

समाचार

काठमाडौ, बैशाख ४ – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा हरिमान तामाङ रहेका छन् । बेलायतको हिलिङडनबरोकोमा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको कोरोनाका कारण ज्यान गएको हो ।

केहि दिन पहिला पोखरा घर भइ दक्षिण पूर्वी लण्डन बस्दै आएका लक्ष्मण श्रेष्ठको कारोनाका कारण ज्यान गएको थियो । दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आएका लक्ष्मणलाई लामो समय देखि रुघाखोकी र पखालाले सताएको थियो । स्वस्थ्यमा समस्या देखिएपछि अपतालमा भर्ना भएका तामाङ भुपू गोर्खा सैनिक हुन् । अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *