चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको निधन, सुपरस्टारहरुले दिए श्रद्धाञ्जली !!

समाचार

काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । मुख्य गरी तेलुगु फिल्ममा सक्रिय रेड्डीको ७४ वर्षको उमेरमा मंगलबार बिहान आन्ध्र प्रदेशको गुंटुरस्थित आफ्नै घरमा हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही मिडियाले पारिवारिक स्रोतको हवाला दिँदै हृदयाघातपछि रेड्डी बाथरुममा लडेको जनाएका छन् ।

रिपोर्टका अनुसार जयप्रकाश रेड्डी पहिले शिक्षक थिए र उनलाई सानै उमेरमा अभिनयको सोख थियो । त्यसैले उनी गुंटुरमा स्टेज नाटक पनि खेल्थे । उनको पहिलो फिल्म ब्रह्म पुत्रुदु थियो । रेड्डीको निधनप्रति थुप्रै सुपरस्टारहरुले श्रद्धाञ्जली दिएका छन् । तेलुगु फिल्मकी स्टार अभिनेत्री रकुल प्रित सिंह, अभिनेता जुनियर एनटिआर, महेश बाबु, प्रकाश राज लगायतले रेड्डीप्रति श्रद्धाञ्जली दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *