प्रियंका चोपडाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि गरिन् एक लाख डलर सहयोग ।हम्रा अभिनेत्री हरु फेस्बुक मा फोट हाल्न नै बेस्त।

चलचित्र

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा ज्यान जानेको संख्या दिनहुँ बढदै गएको छ । कोरोना भाइरसविरुद्ध लड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । केहि दिन पहिला अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका थिए ।

उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग यसबाट बच्न घरबाट कोहि पनि बाहिर ननिस्कन आग्रह समेत गरेका थिए । अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिने घोषणा गरेका छन् । उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् ।

त्यस्तै बलिउड सुन्दरी नायिका प्रियंका चोपडाले कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।
उनले सहयोग गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । प्रियंकाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि खर्च गर्ने गरी उक्त सहयोग घोषणा गर्दै भनेकी छिन् । यो समय भनेको हामिले सहयो गर्ने हो । यसबाट बज्नको लागि घर भित्रनै बस आग्रह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *