उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनु पर्ने मेयर फोरमको निष्कर्ष

समाचार

काठमाडौं । काठमाडौं उपत्यकाका नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको जि’म्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ ।आज काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च स’र्तकता र क’डाई गर्न नेपाली सेनालाई जि’म्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो ।नेपाल प्रहरी शान्ति सुरक्षा तथा अ’पराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जि’म्मेवारी दिनुपर्ने ठ’हर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्षपनि नि’कालेको छ भने नीजि सवारीसाधान सञ्चालन गर्दा जो’रबिजोर प्रणाली लागू गर्नुपर्ने जनाएको छ ।त्यस्तै उपत्यकामा नि’षेधाज्ञा खु’कुलो बनाउँदा सु’रक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मा’पदण्ड कार्यान्वयनमा क’डाइ गर्नुपर्ने ठ’हर गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।त्यस्तै फोरमले बिहीवारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने नि’र्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *