सेनाले एकै दिनमा तयार पार्यो २२५ श्य’याको आइसोलेसन

समाचार

भक्तपुर। नेपाली सेनाको वी’रदल ग’ण सूर्यविनायकले एकै दिनमा २२५ श्य’याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को म’हामारी ब’ढ्दै गएपछि अ’ग्रभागमा रहेर काम गर्ने सेना र तिनका आ’श्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।नेपाली सेनाको उपत्यका पृ’तनाअन्र्तगत वी’रदल ग’णले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्ल’कमा १५० र ग’णमा ७५ श्य’या गरी कुल २२५ श्य’याको आइसोलेशन वार्ड तयार पारेको हो ।

गणका गणपति प्रमुख से’नानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै ग’णको टि’मले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताउनुभयो ।यहाँ भोलीदेखि नै सङ्क्रमित सै’निकलाई राखेर उपचार शुरु गर्ने भएको छभने सूर्यविनायकस्थित वी’रदल ग’णमा तयार पारेको ७५ श्यया क्ष’मताको आइसोलेसन भने आजै सङ्क्रमित सैनिकले भरिएको उहाँले जानकारी दिनुभयो ।आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृ’तनाअन्तर्गतको वी’रदल गणले गर्ने भएको छ ।

चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच/पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अ’भाव हुदै गएपछि नेपाली सेनाले सै’निकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भन्नुभयो, “उपत्यकामा आइसोलेसनको अ’भाव हुदै गएको छ,यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।”

यसअघि पनि चीनको वुहानबाट सरकारले उ’द्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्ष’मताको क्वारेन्टिनलाई २०८ श्य’याको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वी’रदल ग’णले नै गरेको थियो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *