नाइजेरियामा लकडाउनको पालना गराउने क्रममा झडप, १८ व्यक्तिको मृत्यु

समाचार

काठमाडौ, बैशाख ४- कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ ।

नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भएको छ भने अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ ।

मानवअधिकारवादी समूहले भनेको छ, “नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा देशका विभिन्न राज्यमा झडपका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्याभन्दा बढी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *