अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव तयार !

समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनका विषयमा सहमति जुटेको छ । अध्यक्षद्वयबीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई इमेल गर्ने तयारी गरिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा ओली-प्रचण्डले तयार गरेको सहमतिको ठोस प्रस्तावमा छलफल गर्ने तयारी छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा साउन ३० गते कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएको थियो । नेकपा सचिवालय बैठकले भदौ १८ गते कार्यदलको सुझाव कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय ओली-प्रचण्डलाई जिम्मेवारी दिएको थियो । अध्यक्षद्वयले आज सहमतिको प्रस्ताव तयार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *