भर्खरै धादिङ केन्द्रविन्दु गराएर भूकम्पको धक्का

समाचार

काठमाडौं । भर्खरै धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अपराह्न ३ बजेर ४८ मिनेटमा नीलकण्ठ नगरपालिका केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ४ रेक्टर स्केलको मापन गरिएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *