आजको राशिफल : भाद्र २५ गते । बिहीबार । पाथिभारा माताले सबैको रक्षा गरुन।

समाचार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सरकारी धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कर्मप्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा लगानि गरे अनुसार फाईदा कम हुनेछ भने आर्थिक मुद्दाहरु थाति रहनेछन् । शेयर बजारको लगानि भने सन्तोष जनक रुपमा सुधार भएर जानेछ । अध्ययनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले खासै साथ नदिने हुनाले आजको लिन भेटघाटलाई कम गर्नुनै राम्रो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुने हुनाले मन खिन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *