निषेधाज्ञामा गिरफ्तारी दिँदै केपी ओली भन्दै यो फोटो अहिले किन भाइरल बन्यो

समाचार

काठमाडौं । नेपालमा अहिले कोरोना महामारी फैलिएको छ । महामारी रोकथामका लागि अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा एवं लकडाउन लगाइएको छ । कोरोना संक्रमण फैलने भन्दै मान्छेहरुलाई भिडभाड गर्न नदिने सरकारी नीति रहेको छ । तर नेपालमा निषेधाज्ञा पहिलो पटक लगाइएको भने होईन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्विरमा वि.स. २०६० सालमा पनि नेपालमा निषेधाज्ञा लागु भएको बेलाको भन्दै बाहिर आएको छ ।
स्पेसटाइम अखबारको एक वि.स. २०६०–०५–२३ गतेको तस्विरको क्याप्सनमा लेखिएको छ, ‘निषेधाज्ञा अवज्ञाको क्रममा सोमबार राजधानीमा गिरफ्तारी दिँदै एमाले नेता केपी ओली र कांग्रेस नेता डा. रामशरण महत ।‘ वि.सं. २०६० सालमा राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकारलाई बर्खास्त गरेर कार्यकारी अधिकार आफ्नो हातमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *