रिया चक्रवर्ती पक्राउ प्रकरण : चर्चित नायिका सोनम कपुर र विद्या बालन रियाको सर्मथनमा उत्रिए

चलचित्र

एजेन्सी । बलिउड चर्चित नायिका सोनम कपुर सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सर्मथनमा उत्रिएकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० लगातार गरेको शोधपुछपछि अभिनेता सुशान्त सिंहकी प्रेमीका रियालाई पक्राउ गरे लगत्तै उनको सर्मथनमा बलिउडकर्मी उत्रिँदा सोनमले रियालाई खुलेर साथ दिएकी छिन् ।

रियालाई पक्राउ गरे लगत्तै एनसीबीले कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेसँगै अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिए लगत्तै बलिउडकर्मी नायिका सोनम कपुर,अनुराग काश्यप,लगायतका बलिउडकर्मीले इस्टाग्राममा उनको सर्मथन जनाएका हुन् ।

सुशान्त सिंह मृत्यु प्रकरणमा ड्रग्स काण्ड पनि जोडिएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि करिब २० घण्टासम्म सोधपुछ गरेको बताइएको छ । रियाका भाइ शोविक चक्रवर्तीसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएका बेला रियाको सर्मथनमा बलिउडकर्मी देखिन थालेका हुन् । त्यस्तै नायिका बिद्या बालनले पनि रियालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *