विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको अन्तरिम आदेश ।

राष्टिय

काठमाडाैं- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा खान बस्न समस्या भएका र रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो । अधिवक्ता सोमप्रसाद लुईंटेलसहित तीन अधिवक्ताले बुधबार दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले नागरिकको गुहारलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने उल्लेख गरेको छ।

सुक्ष्म तथा संवेदनशील तरिकाले विना भेदभाव विना स्वेच्छाचार, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने र उद्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले कूटनीतिक माध्यमबाट नागरिकको अवस्था तत्काल बुझ्न र सोको प्रतिवेदन तयार गर्न समेत भनेको छ। हाल भारतसहित विभिन्न देशमा ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *