वैशाख ०५ गते शुक्रबार को रासिफल ।

राशीफल

०७७ वैशाख ०५ गते शुक्रबार ई. स. २०२० अप्रिल १७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अवसर आएपनि अवसरहरु पहिचान गर्न नसक्दा कामहरु अरुकै पोल्टोमा पर्नेछ । आफ्नो भन्दा पनि अरुकै बारेमा चोसो लिने बानिले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *