लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाइन् रियाले

समाचार

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले एकपछि अर्को फड्को मार्दै जाँदा हाल सुशान्तकी प्रेमिका रिया चक्रवर्ती जेलमा छिन् । लागुपदार्थको विषय अनुसन्धान गर्न उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको छ। अनुसन्धानको क्रममा उनले लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम लिएको हिन्दुस्तान टाइम्सले शनिबार जनाएको छ । ती बलिउडकर्मीहरु लागुपदार्थ सेवानकर्ता र खरिद विक्रिगर्नेहरु भएको बताइएपनि उनीहरुको नाम खुलाइएको छैन ।

अनुसन्धानको क्रममा रियाकी भाई स्वविक चक्रवर्ती र दिपेस सावन्तले कुरिएर सेवामार्फत सुशान्तको घरदेखि रियाको घरसम्म लागुपदार्थ ओसारपसार गरको पाइएको छ।

शुक्रबार मात्र रिया चक्रवर्तीले जमानतमा छाड्न गरेको आग्रह अदालतले अस्वीकार गरेको थियो। हाल सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतका तीन मुख्य अनुसन्धान एजेन्सीले अनुसन्धान गरिहेका छन् । पैसाको लेनदेनको विषयमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणको विषयमा सीबीआई तथा लागुऔषधको विषयमा एनसीबीले अध्ययन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *