दुई वर्ष मन्त्री भइसकेकालाई सरकारबाट बि’दा दिने तयारी, को को ह’ट्दैछन्…

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असोज लाग्ने वित्तिकै मन्त्री परिवर्तनको तयारीमा लागेका छन् । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर ह’टाउनुपर्ने भएकाले एउटा मा’पदण्ड बालुवाटारले तयार गरेको छ ।वि’श्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा गर्ने गरी मा’पदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् । यसमा लगभग सहमति पनि जु’टिसकेको बुझिएको छ ।दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा दिएर नयाँलाई मौ’का दिइनेछ ।

यसरी मा’पदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ । भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ ।भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।अ’प्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौ’का दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट ह’टाउन एउटा स’मुह नै लागेको छ ।पोखरेलवि’रुद्ध पूर्व एमालेको ठुलो त’प्का लागेको छ भने बादलवि’रुद्ध पूर्व माओवादीकै स’मुह लागेका छन् ।

दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा गर्ने मा’पदण्ड अनुसार म’न्त्रीमण्डल पु’र्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका वि’श्वासपात्र हुन् । उनी पनि यसपटक पु’र्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट रा’जीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उनलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् । पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बि’दावारीको सम्भावना छ ।

नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ ।बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ । बादललाई बि’दा गरेर बामदेवलाई ल्याउन पनि दुई वर्ष मन्त्री भइसकेकालाई बि’दा गर्ने मा’पदण्डको विषय उठेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *