बागलुङमा पहिरोले एकको मृत्यु, तीन घर-गोठ पुरिए…थप विवरण आउन बाँकि !

समाचार

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। कुश्मीशेराको टुनीवटमा माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो। पहिरोमा परेर उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगेका छन्।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको स्थानीय केदार पौडेलले जानकारी दिए । आज बिहान ५ बजे खसेको पहिरोले तीनवटै गोठमा समेत क्षति पुर्याएको छ। क्षतिको थप विवरण आउन बाँकी छ। प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलतिर प्रस्थान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *