भारतमा तिब्र गतिमा कोरोना, एकै दिन गयो २६ को ज्यान, मृत्यु हुनेको संख्या ४४८ पुग्यो ।

समाचार

काठमाडौ, बैशाख ५ – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

त्यस्तै भारतमा कोरोनाका कारण ज्यान जाने मानिसको संख्या ४४८ पुगेको छ भने १३ हजार ४३० जना संक्रमित फेला परेका छन् । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बिहीबार मात्रै त्यहाँ २६ जनाको मृत्यु भएको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घण्टामा मा ८८३ नयाँ संक्रमति थपिएका छन् ।पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *