कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न मिल्दैन : मन्त्री ज्ञवाली

समाचार

बुटवल । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति गर्न नमिल्ने बताएका छन् । मन्त्री तथा प्रवक्ता ज्ञवालीले कानुन अनुसार घिसिङको पुनर्नियुक्ति गर्न नमिल्ने बताएका हुन् ।

शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उल्लेख गरे ।

उनले कार्यक्रममा बोल्दै भने, ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’ कुलमान घिसिङलाई नियुक्त गर्नुपर्ने अवस्था देखिएमा सरकारले यसबारे पनि छलफल गरिरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *