मन्त्री भानुभक्त ढकाल आइसोलेसनमा !

समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः आइसोलेसनमा बसेका छन् । मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगे उनी आइसोलेसनमा बसेका हुन् ।
मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले आजदेखि आइसोलेसनमा बसेको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । कोरोनाको महामारीका बीचमा सक्रिय रहेका मन्त्री ढकालका परिवारका सदस्यहरुमा भने यसअघि पनि कोरोना संक्रमण देखिएको थियो । नियमित भेटघाट बन्द रहेपनि आइसोलेसनबाट नै भर्चुअल संवाद र फोनमार्फत स्वास्थ्य सेवाका विषयमा मन्त्री ढकालले आवश्यक निर्देशन दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *