चीनले बनाएको कोरोना खोप लगाउन डब्लूएचओको अनुमति

जानकारि

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनलाई कोरोना विरुद्धको खोप सर्वसाधारणलाई लगाउन अनुमति दिएको छ। साउथ चाइना मार्निङ पोष्टले उल्लेख गरे अनुसार खोपको तेस्रो चरणको परीक्षण गरिरहेको चीनले कोरोना विरुद्धको खोप आकस्मिक प्रयोजनका लागि सर्वसाधारणलाई लगाउन डब्लूएचओबाट अनुमति पाएको चिनियाँ अधिकारीहरू जनाएका छन्।

चीनले तेस्रो चरणमा पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ। सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग प्रमुख झेङ झोङग्वेइले आकस्मिक प्रयोगका लागि डब्ल्युएचओले कोरोनाको खोपको अनुमति दिएको जानकारी दिए।

उनले मध्य जुनमा नै उच्च जोखिममा रहेका समूहलाई खोप लगाउनका लागि डब्लूएचओलाई प्रस्ताव गरेको बताए। उनका अनुसार स्वास्थ्यकर्मी, सीमाका अधिकारी तथा इन्जिनियरहरूलाई खोप दिइनेछ। रुसले भने आफैले सर्वसाधारणका लागि कोरोना विरुद्धको खोप दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *