अमेरिकामा मस्तिष्कलाई खाने सूक्ष्मजीव भेटियो, धाराको पानी प्रयोग नगर्न चेतावनी

समाचार

अमेरिकाको टेक्सस राज्यस्थित लेक ज्याक्सन भन्ने स्थानमा धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । सहरको सार्वजनिक पानी आपूर्तिमा मस्तिष्क खाने घातक सूक्ष्मजीव भेटिएपछि अधिकारीहरले धाराको पानी प्रयोग नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ।

पानी परीक्षण गर्दा नेगलेरिया फोलेरी भन्ने अमोबा भेटिएको जसले मानिसको मस्तिष्कमा गम्भीर चोट निम्त्याउने बताइएको छ।
अधिकारीहरुले पानीमा रहेका उक्त सूक्ष्मजीवलाई डिसइन्फेक्ट गर्ने प्रयास गरिरहेको बताएका छन् । पानी प्रयोग नै गर्नेभए उक्त पानीलाई उमालेर मात्र प्रयोग गर्न पनि सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *