धादिङबाट २ महिने सुत्केरी बच्चा सहित ४ दिन्को हिड्इ पछि पुगिन बुटवल, पुग्नु छ प्युठान।

समाज

धादिङबाट ४ दिनको पैदलयात्रापछि बुटवल हुँदै यति बेला गणेश विकको परिवार प्युठानसम्मको यात्रामा छ । लकडाउनका कारण गणेशको परिवार ४ दिनदेखि भोक, तिर्खा, थकान केही नभनी हिँडेको छ ।धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार २ महिने सुत्केरी श्रीमती, २ महिनाको छोरा, बुढा भएका बुबालाई लिएर घर हिँडेका छन् । इँटाभट्टामा काम बन्द भएपछि गणेश २ महिने छोरा काखमा च्यापेर घर हिँडेका हुन् ।

साथमा भएको ३/४ हजार पनि सकिन थाल्यो । यो बेला श्रीमतीलाई पोषिलो खानेकुरा खुवाउनुपर्ने बेलामा भोक लाग्दा खाना र तिर्खा लाग्दा पानीसमेत दिन सकेको छैन,’भावुक हुँदै गणेशले भने । प्युठान पुग्न अझै ३ दिन लाग्ने भए पनि गणेशसँग बाटोमा आवश्यक पर्ने पैसा छैन । जसोतसो बाटोमा केही भेटिए खाँदै हिँड्ने गरेका छन् ।इँटाभट्टाका करिब ३ सय मजदुर भट्टा बन्द भएपछि त्यहीँ अलपत्र परे ।

तर, उनी भने हिँडेरै घरसम्म पुग्ने अठोट लिए । न राहत पाइने, न कसैले खान दिने, काम गर्ने ठाउँ नै बन्द भएपछि कसरी बस्नु, के खानु ? मरे पनि घरमै मरूँला भनेर सुत्केरी श्रीमतीलाई लिएर हिँडेको हुँ,’उनले भने ।ललितपुरमा खानेपानी निर्माणमा काम गर्दै आएका बर्दियाका रोशन थारूसहितको ६ जना टोली पनि सडकमा हायलकायल भएर हिँडिरहेकाे छ । लकडाउन छिट्टै खुल्ने आशामा ललितपुरमै बसेका उनीहरूले लकडाउन लम्बिएपछि घर जाने निधो गरेका हुन् ।

‘काम लगाउने ठेकेदारले बिदा दियो,पैसा पछि दिन्छु भनेको छ । कहिलेसम्म बन्द हुने हो,केही थाहा नभएपछि हिँडेरै घर जाने भनेर आएका हौँ,उनले भने ।३ दिनको यात्रापछि बुटवल आएका रोशन घरमा मर्न परे पनि बुबाआमाको साथमा मरूँला भनेर हिँडेकाे बताउँछन् । खर्च केही थिएन । नारायणघाटमा त्यहाँकाे समाजले १ छाक खान दिए । केही चाउचाउ र चिउरा मात्र छ । यही खाँदै हिँडेका छौँ । पानीसमेत राम्रोसँग पिउन पाएका छैनौँ,उनले भने ।

रोशनसँगै आएका प्रह्लाद विकले लकडाउनअघि नै घर जाने सोच बनाएका थिए । आमाको स्वास्थ्यमा समस्या आएको थियो । घरबाट बोलाउँदा पनि जान पाएका थिएनन् । त्यही बीचमा लकडाउन भयो । उनी पनि ललितपुरमै बसे । लकडाउन खुल्ने नखुल्ने केही टुंगो नभएपछि उनी पनि त्यही समूहमा मिसिएर सँगै घर जान हिँडे । बिरामी आमा थला पर्दै हुनुहुन्छ,दाजु भारतमा छ । ऊ पनि आउन पाएको छैन’उनले भने, बुढाे भइसकेका बुबाले आमालाई तातो पानीसमेत खान दिन नसक्ने अवस्थामा छन् ।

लकडाउनका कारण अहिले गणेश, रोशन र प्रलादजस्तै धेरै मजदुर पूर्व-पश्चिम राजमार्गबाट हिँडेरै गन्तव्यमा पुग्ने प्रयासरत छन् । मजदुर सबैको एउटै व्यथा छ– ‘कि खाने खर्च देऊ, कि घर जान गाडी देऊ ।’अहिले पनि दैनिक १ सयभन्दा बढीको संख्यामा मजदुर बुटवल हुँदै पश्चिमतर्फ हिँडिरहेका छन् । इँटाभट्टा, खानेपानी, निर्माण कम्पनी, उद्योगमा काम गर्ने मजदुरहरू आफ्ना पोकापुन्तुरा बोकेर हिँडेका छन् ।

बोटोमा खाना खुवाउँदै छन् स्थानीयबुटवल उपमहानगरपालिका-१ का वडा अध्यक्ष महेन्द्र लिगलको सक्रियतामा बाटोमा हिँड्नेलाई खाना खुवाइने गरेको छ । वडा अध्यक्ष लिगलले स्थानीय दातासँग समन्वय गरी ४ दिनदेखि ६ सयभन्दा बढीलाई खाना खुवाइसकेका छन् ।‘कोही दाताविनै यो काम गरेका छौँ । बाटोमा भोकभोकै हिँड्न नपरोस् भनेर मानवताकाे नाताले यो कार्य गरेका हौँ,’ लिगलले भने । सैनामैनाकै सोरौलीमा सोरौली टोल विकास संस्थाले टोलका १ सय ८० घरबाट उठाएको रकमबाट सडकमा हिँडिरहेकाहरूलाई खाना खुवाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *